स्कुल बस सञ्चालनसँगै विद्यार्थीमा खुशी

कालिकोट: श्री लोटस विकास एकेडेमीले नयाँ स्कुल बस सञ्चालनमा ल्याएपछि विद्यार्थीहरूमा खुशी छाएको छ। शिक्षा क्षेत्रमा सेवा पुर्‍याउँदै आएको उक्त विद्यालयले शुक्रबार विशेष पूजा कार्यक्रमसहित बस सञ्चालन गरेको हो।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालय प्रशासन, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नयाँ बसको सञ्चालनले विद्यार्थीहरूको सुरक्षित र सहज आवागमन सुनिश्चित गर्ने विश्वास गरिएको छ।
विद्यालयका प्रिन्सिपल सन्तोष पौडेलका अनुसार बस सेवाले टाढा–टाढाबाट आउने विद्यार्थीहरूलाई विशेष राहत पुग्नेछ। विद्यार्थीहरूको नियमितता बढ्ने र शिक्षामा पहुँच अझ सुलभ हुने अपेक्षा गरेका छौं उनले बताए।
बस पूजा गर्ने परम्पराअनुसार कार्यक्रमका सहभागीहरूले नयाँ बसको दीर्घायु तथा सुरक्षित यात्राको कामना गरेका थिए। विद्यालयले यस पहललाई सेवा विस्तारको महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया