कालिकोट : चैत १९ गतेदेखि सञ्चालन भइरहेको माध्यमिक शिक्षा परीक्षा (SEE) लाई मध्यनजर गर्दै रास्कोट नगरपालिकाका नगर उपप्रमुख मनिराज बरालले विभिन्न परीक्षा केन्द्रहरूको अनुगमन गर्नुभएको छ । बिहीबार उपप्रमुख सहितको अनुगमन टोलीले बडिमालिका माध्यमिक विद्यालय र मोतिराम माध्यमिक विद्यालयको स्थलगत निरीक्षण गर्नुभएको हो ।
अनुगमनका क्रममा परीक्षा केन्द्रहरूको व्यवस्थापन सुरक्षाको अवस्था, विद्यार्थीहरूको उपस्थितिलगायतका विषयमा जानकारी लिँदै बरालले परीक्षा शान्त भयरहित र निष्पक्ष वातावरणमा सञ्चालन गर्न निर्देशन समेत दिनुभएको छ । साथै उहाँले परीक्षालाई व्यवस्थित र मर्यादित ढंगले सम्पन्न गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिदै नगरपालिकाले (SEE) परीक्षालाई मर्यादित, व्यवस्थित र पारदर्शी रूपमा सम्पन्न गराउन निरन्तर अनुगमनलाई तीव्र दिने समेत उपप्रमुख बरालले बताउनु भयो ।





तिलाप्रेस । १९ चैत्र २०८२, बिहीबार १७:१७