कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका १ मा ३ महिने आधारभूत वेसिक कम्प्युटर तालिम समापन भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय कालिकोटको आयोजनामा कार्यक्रम सुरु गरीएको थियो । तालिममा छनौट गरिएका २२ जना सहभागी थिए ।उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको सीप विकास तथा रोजगार विकास कार्यक्रम अन्तरर्गत ३ महिने आधारभूत कम्प्युटर तालिम सुरु गरीएको थियो । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय कालिकोटका प्रशासन सहायक तिलबहादुर मल्लको अध्यक्षता, सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माको प्रमुख आथित्यता, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष बिश्वनाथ सिम्खाडा र सुरेन्द्र शाही, जीवन राज देवकोटा, लालबहादुर बुढा र प्रशिक्षार्थी लगायतको सहभागीतामा तालिम समापन गरिएको थियो ।

तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले अहिलेको प्रविधि युग भएकोले कम्प्युटर शिक्षाको महत्व बढ्दै गएको र यसको प्रयोग सम्वन्धी सीप सिकाउनु आवश्क रहेको बताए। ३ महिना सम्म सिकेको सिप व्यावहारमा लागु गर्न सुझाव दिए । ३ महिने बेसिक कम्प्युटर तालिम समापन समारोह कार्यक्रममा प्रशिक्षक जीवन राज देवकोटाले कार्यक्रममा सहभागिलाई निरन्तर कक्षामा सहभागि भएर आवश्यक कुरा सिकेको बताउदै ३ महिनासम्म सिकेको बेसिक कम्प्युटर सम्बन्धी कुरा व्यापहारमा लागु गर्न सुझाव दिए ।कम्युटर देखेका थियौँ तर चलाउन आउथेन ३ महिने तालिमले कम्युटर चलाउन सक्ने भएको सहभागीहरूले बताएका थिए । तालिमका प्रशिक्षार्थीलाई प्रमाणपत्र सहित बिदाई गरिएको थियो ।





तिलाप्रेस । १८ चैत्र २०८२, बुधबार २१:४८