बालविवाह अन्त्य तथा सामाजिक विकृति न्यूनीकरण गर्ने उद्देश्यले बागचोैर नगरपालिकामा ३० कार्यदिने किशोर–किशोरी तथा अभिभावक रुपान्तरण कार्यक्रम सुरु गरिएको छ । बागचैर नगरपालिका–७ मा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, अभिभावक तथा किशोर–किशोरीहरूको सहभागितामा उद्घाटन गरिएको हो। कार्यक्रममार्फत बालविवाह, लैङ्गिक विभेद, घरेलु हिंसा लगायतका सामाजिक समस्याबारे सचेतना अभिवृद्धि गरिने लक्ष्य राखिएको बताएको छ ।
कार्यक्रम कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय तथा सामाजिक विकास कार्यालय सल्यानको आयोजनामा, बागचोैर नगरपालिकाको समन्वयमा र युनिसेफ नेपालको आर्थिक सहयोगमा सञ्चालन गरिएको हो । आयोजकका अनुसार ३० दिनसम्म सञ्चालन हुने यस कार्यक्रममा सहभागीहरूलाई जीवनोपयोगी सीप, व्यवहार परिवर्तन र सामाजिक रूपान्तरणसम्बन्धी प्रशिक्षण प्रदान गरिने सहजकर्ता सबिता डागिले बताउनु भयो । स्थानीय तहका प्रतिनिधिहरूले यस्ता कार्यक्रमले समाजमा व्याप्त कुरीति अन्त्य गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ





तिलाप्रेस । ९ चैत्र २०८२, सोमबार २०:३५