पचालझरना गाउँपालिकामा १५ दिने झोला उत्पादन तालिम सम्पन्न

कालिकोट : पचालझरना गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको १५ दिने झोला उत्पादन सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम सापकोटाको सभाअध्यक्षता तथा गाउँपालिका अध्यक्ष देवराज शाही अग्निको प्रमुख आतिथ्यतामा आयोजित समापन कार्यक्रममा तालिमका उपलब्धि, सिकाइ अनुभव तथा सहभागीहरूको सक्रियताको प्रशंसा गरिएको थियो।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शाहिले यस्ता सीपमूलक तालिमहरूले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न सहयोग पुग्ने र आत्मनिर्भरता बढाउने विश्वास व्यक्त गर्नुभयो। साथै अधिकृत ओम सापकोटाले तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतार्दै आयआर्जनसँग जोड्न सहभागीहरूलाई आग्रह समेत गर्नुभएकाे छ ।
तालिम अवधिभर सहभागीहरूले झोला उत्पादन सम्बन्धी विभिन्न सीपहरू सिकेका थिए। समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै भविष्यमा सीपलाई व्यावसायिक रूपमा विकास गर्न प्रेरित गरिएको समेत बताएको छ

तपाईको प्रतिक्रिया