कमल कुमाल कालिकोट : सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन भन्ने मूल नाराका साथ मान्ममा विश्व उपभोक्ता अधिकार दिवस मनाएको हो । आइतबार कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल को संयोजकत्वमा मान्म बजारमा प्रभात सहित अन्तरक्रिया गरी भव्य र सभ्य रुपमा दिवश मनाएको हो ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, कालिकोटको आयोजनामा सम्पन्न कार्यक्रममा उपभोक्ता अधिकार संरक्षण, सुरक्षित तथा गुणस्तरीय वस्तुको प्रयोग, बजार अनुगमनको प्रभावकारिता र उपभोक्ताको सचेतनाबारे छलफल गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले उपभोक्ताले आफ्ना अधिकारबारे सचेत हुनुपर्ने र व्यवसायीले गुणस्तरीय तथा सुरक्षित वस्तु उत्पादन तथा बिक्री गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहभागी बक्ताहरुले सम्बन्धित निकायले बजार अनुगमनलाई प्रभावकारी बनाउँदै उपभोक्ता हित संरक्षणमा सक्रिय भूमिका खेल्नुपर्नेमा धारणा व्यक्त गरिएको थियो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्मा,प्रहरी प्रमुुख हिम बहादुर खत्री ,उद्योग तथा उपभोक्ता हित संरक्षक कार्यालयका प्रमुख श्रीबहादुर विष्ट,उद्योग वाणिज्य संघ कालिकोटका अध्यक्ष रतन बहादुर शाही,नेपाल पत्रकार महासंघ कालिकोटका सचिव रमेश कुमार बोगटी, लगाएतको उल्लेखनीय सहभागीता रहेको थियो ।




तिलाप्रेस । १ चैत्र २०८२, आईतवार १६:०१