रास्कोटमा करेन्ट लागेर एकको मृत्यु 

कालिकोट — कालिकोटको रास्कोट नगरपालिका वडा नम्बर ८ मा विद्युत् करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। वडा नम्बर ८ बाखरकोटमा ६७ वर्षीय मन बरालको करेन्ट लागेर मृत्यु भएको हो। बाख्रा चराउने क्रममा उनी घर नजिकैको बाजो खरमेलोमा रहेको राष्ट्रिय प्रसारण लाइनको विद्युत् पोल नजिक पुगेका थिए। सो स्थानमा तार सट भई पोलमा करेन्ट प्रवाह भइरहेको अवस्थामा पोल नजिक जाँदा उनलाई करेन्ट लागेको प्रारम्भिक अनुमान गरिएको छ।

स्थानीयका अनुसार करेन्टले तानेर उनी पोलमै टासिएको अवस्थामा मृत भेटिएका थिए।घटनास्थलमा रहेका रास्कोट नगर प्रहरी प्रमुख धनबहादुर शाहीका अनुसार विद्युत् तार सट भएर पोलमा करेन्ट प्रवाह भइरहेको बताए । घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ आइरहेको जानकारी दिएका छन्।घटनापछि स्थानीयवासीले विद्युत् संरचनाको सुरक्षा र नियमित मर्मतमा ध्यान दिनु पर्ने र नारिकलाई यसबारे सचेतना जोगाउन जरूरी रहको बताएका छन ।

तपाईको प्रतिक्रिया