कालीकोट राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत कर्णाली प्रदेशको कालीकोट जिल्लामा सञ्चालन गरिएको एच.पि.भी. (HPV) खोप अभियानले उल्लेखनीय सफलता हात पारेको छ ।जिल्लाका ९ वटै स्थानीय तहमा सञ्चालित अभियानमा लक्षित किशोरीहरूको ९५.७४ प्रतिशतलाई खोप प्रदान गरे सँगै सफलता हात पारेको हो ।
स्वास्थ्य सेवा कार्यालय कालिकोटका अनुसार अभियान अवधिमा १८ सय १३ जना किशोरी लक्षित रहेकाेमा १७ सय ४० जनालाई महिलाको पाठेघरको मुखको क्यान्सर विरुद्धको HPV खोप लगाई ९५.७४% प्रगति हासिल गरेको हाे । विद्यालय जाने १० वर्ष उमेर समूहका तथा ११–१४ वर्ष उमेरका विद्यालय नजाने किशोरीहरूलाई प्राथमिकतामा राखी खोप कार्यक्रम सञ्चालन गरिएको थियो । साथै २०८१ सालमा छुट भएका किशोरीहरूलाई समेत समेटिएको बताएको छ ।
त्यस्तै अधिकांश स्थानीय तहले शतप्रतिशत प्रगति हासिल गरेका छन् भने नरहरिनाथ गाउँपालिकामा ८२.५४ प्रतिशत, खाडाचक्र नगरपालिकामा ९५.५४ प्रतिशत, महावै गाउँपालिकामा ९६.३ प्रतिशत तथा शुभकालिका गाउँपालिकामा ९७.१४ प्रतिशत प्रगति भएको छ भने अन्य स्थानीय तहले १०० प्रतिशत उपलब्धि हासिल गरेको स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिनुभयो ।

अभियानलाई सफल बनाउन सहयोग गर्नुहुने जिल्ला खोप समन्वय समिति, पालिका खोप समन्वय समिति, वार्ड खोप समन्वय समितिका पदाधिकारी, स्वास्थ्यकर्मी, स्वयंसेवक लाइ धन्यवाद व्यक्त गर्दै स्वास्थ्य सेवा व्यवस्थापक डा. रत्नवीर सुनारले एचपिभी खोपले पाठेघरको मुखको क्यान्सर रोकथाममा महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनु भयो ।




तिलाप्रेस । १३ फाल्गुन २०८२, बुधबार १६:३७