श्री सिद्धनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण

सुर्य विश्वकर्मा कालीकोट : श्री सिद्धनाथ आधारभूत विद्यालयका सह–शिक्षक धनकर्ण विश्वकर्माले आफ्नो ३९औँ जन्मदिनको अवसरमा विद्यालयका १०० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ। जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै उहाँले एक कार्यक्रमका बीच विद्यार्थीहरूलाई कापी, कलम लगायत आवश्यक शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनजन विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष भीमप्रसाद न्यौपाने प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । त्यसैगरी वडा नं. ३ का वडा अध्यक्ष बाचे कामी, वडा नं. २ का पूर्व वडा अध्यक्ष विरी विश्वकर्मा, श्री सरस्वति माध्यमिक विद्यालयका प्रधानाध्यापक सर्जन प्याकुरेल, श्री खापरदेव आधारभूत विद्यालयका प्रधानाध्यापक प्रेम विश्वकर्मा तथा सोही विद्यालयका प्रधानाध्यापक कृष्ण कामी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै धनकर्ण विश्वकर्माले समाज सेवामा निरन्तर लागिरहने र विद्यालयमा गुणस्तरीय शिक्षाका लागि आवश्यक पहल तथा सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

तपाईको प्रतिक्रिया