कालिकोट, पाठेघरको मुखको क्यान्सर विरुद्ध सञ्चालन गरिएको एचपिभी (HPV) खोप अभियान अन्तर्गत कालिकोट जिल्लामा हालसम्म १ हजार ९३ किशोरीले खोप लगाएका छन्।
स्वास्थ्य सेवा कार्यालय, कालीकोट का अनुसार आ.व. २०८२/०८३ को विद्यालय केन्द्रित अभियानमार्फत जिल्लाभर १ हजार ८१३ जना लक्षित समूह निर्धारण गरिएकोमा फागुन ४ गतेसम्म १ हजार ९३ जनाले खोप सेवा लिएकाे स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिए ।
पालिकागत प्रगति विवरणअनुसार पलाता गाउँपालिकामा १७३, पचालझरना गाउँपालिकामा ११०, रास्कोट नगरपालिकामा १९०, सान्नीत्रिवेणी गाउँपालिकामा ११६, नरहरिनाथ गाउँपालिकामा १६०, खाडाचक्र नगरपालिकामा २१४ र शुभकालिका गाउँपालिकामा १३० जना किशोरीले खोप लगाएका छन्। तिलागुफा नगरपालिका र महावै गाउँपालिकामा तोकिएको मितिमा अभियान सञ्चालन हुने जनाइएको छ।

कार्यालयका अनुसार विद्यालय तथा स्वास्थ्य संस्थामार्फत कक्षा ६ मा अध्ययनरत छात्रा तथा १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गरी खोप प्रदान गरिएको हो ।




तिलाप्रेस । ४ फाल्गुन २०८२, सोमबार १८:२२