कालिकोट : स्वास्थ्य सेवा कार्यालय कालिकोटका व्यवस्थापक डा. रत्नवीर सुनारले कर्णाली प्रदेशका उम्मेदवारहरूको स्वास्थ्य सेवा सम्बन्धी एजेन्डाबारे प्रश्न उठाएका छन्। उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै कर्णालीका उम्मेदवारहरूले स्वास्थ्य सेवा क्षेत्रमा के–कस्ता एजेन्डा अघि सारेका छन् भन्ने विषय सार्वजनिक हुनुपर्ने बताएका छन्।कर्णालीजस्तो भौगोलिक रूपमा विकट तथा स्वास्थ्य सूचकांक कमजोर रहेको प्रदेशमा उम्मेदवारहरूले स्वास्थ्य क्षेत्रलाई कसरी प्राथमिकतामा राखेका छन् भन्ने कुरा स्पष्ट हुनुपर्ने डा. सुनारको भनाइ रहेकाे छ।
उनले आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार, दुर्गम क्षेत्रमा स्वास्थ्य संस्था सुदृढीकरण, दक्ष स्वास्थ्य जनशक्ति व्यवस्थापन, मातृ तथा शिशु स्वास्थ्य सुधार, पोषण कार्यक्रम तथा आकस्मिक स्वास्थ्य सेवाको सुनिश्चितता उम्मेदवारहरूको प्रमुख एजेन्डा हुनुपर्नेमा उहाँले उल्लेख समेत गर्नुभयाे। डा. सुनारको उक्त स्टाटसले कर्णालीमा स्वास्थ्य सेवा सुधारलाई चुनावी बहसको महत्वपूर्ण विषय बनाइनुपर्ने सन्देश दिएको छ। सुनारले विगत लामाे समयदेखि कर्णालीका अधिकांस दुर्गम जिल्लाहरुमा समेत काम गरिसकेका छन् ।





तिलाप्रेस । २७ माघ २०८२, सोमबार २०:१७