कालिकोट : रास्कोट नगरपालिका वडा नं. ४ मा अवस्थित धर्मदत्त आधारभूत विद्यालयको भवन निर्माण कार्यको शिलान्यास गरिएको छ । शुक्रबार नगर प्रमुख धर्मराज शाही (पोषण) उप–प्रमुख मनिराज बरालको संयुक्त उपस्थितिमा एक कार्यक्रमका बीच उक्त विद्यालयकाे शिलान्यास गरिएको हो।
वडा नं. ४ मा करिब २६०० वर्गमिटर जग्गा दान गरी स्थापना गरिने बताएको छ । नेपाल सरकारको संघीय समानीकरण अनुदान तथा रास्कोट नगरपालिकाको साझेदारीमा करिब ३ करोड ५० लाख रुपैयाँ (अक्षरूपि तीन करोड पचास लाख) लागतमा २.५ तले नमुना भवन निर्माण हुने बताएको छ ।
शिलान्यास कार्यक्रममा नगर प्रमुख धर्मराज शाही ,उपप्रमुख मनिराज बराल वडा अध्यक्ष दिनेश संज्याल, शिक्षा शाखा प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज शाही जग्गादाता चन्द्रदेव उपाध्याय पूर्व नगर उप–प्रमुख मिमसरा बम नेता हजा सुनार निर्माण व्यवसायी अम्म प्रसाद उपाध्याय लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै नगर प्रमुख शाही तथा उपप्रमुख बरालले गुणस्तरीय शिक्षाका लागि भौतिक पूर्वाधार निमार्ण गर्नुका साथै विद्यालय भवन निर्माणका लागि जग्गादान गर्नुहुने जग्गा दातालाई धन्यवाद समेत दिनुभएको छ । उक्त शिलान्याससँगै धर्मदत्त आधारभूत विद्यालयको भौतिक विकासतर्फ महत्वपूर्ण कदम अघि बढेको र याे कार्यमा समन्वय, सहजीकरण तथा महत्त्वपूर्ण भूमिका खेल्नुहुने सम्पूर्णलाई वडा अध्यक्ष दिनेश संज्यालले धन्यवाद समेत प्रकट गर्नुभएकाे छ ।






तिलाप्रेस । २४ माघ २०८२, शुक्रबार १६:५१