श्री लोटस विकास एकेडेमीमा अक्षरारम्भ सँगै सरस्वती पूजा 

 कालीकोट :  संस्कार सहितको गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता भन्ने मुलनारा लाई आत्मसात गर्दै श्री लोटस विकास एकेडेमीले आयोजना गरेको सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम २०८२ सफलतापूर्वक सम्पन्न भएको छ ।विद्यालय जाने उमेर पुगेका बालबालिकालाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा सरस्वती देवीको विधिपूर्वक पूजा–आराधना गरिनुका साथै बालबालिकाको औपचारिक अक्षरारम्भ गरिएको थियो । कार्यक्रममा सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी । हंसवाहन संयुक्ता विद्यादानं करोतु मे । मन्त्रको उच्चारणसहित शैक्षिक चेतना र संस्कारको सन्देश प्रवाह गरिएकोे थियो ।

कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, बुद्धिजीवी, समाजसेवीको उल्लेखनीय सहभागिता रहने प्रिन्सिपल सन्तोस पौडेलले बताउनु भयो ।

तपाईको प्रतिक्रिया