रास्कोट नगरपालिकाको १७ औँ नगर अधिवेशन सु–सम्पन्न

कालिकोट: जिल्लाकाे रास्कोट नगरपालिकाको १७ औँ नगर अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। नगरपालिकाको सभाहलमा आयोजित उक्त अधिवेशनमा नगर प्रमुख धर्मराज शाहिकाे अध्यक्षतामा विभिन्न महत्वपूर्ण विषयमा छलफल तथा निर्णय सहित कार्यक्रम सम्पन्न भएकाे हाे ।

अधिवेशनमा नगर प्रमुख धर्मराज शाहि पाेषण, उप–प्रमुख मनिराज बराल, प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाही, सम्पूर्ण वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न उपसमितिका संयोजकहरू, नगरसभा सदस्यहरू, विभिन्न शाखा प्रमुख तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

नगर अधिवेशनमा नगरको समग्र विकास, सेवा प्रवाहलाई प्रभावकारी बनाउने उदेश्य सहित आगामी योजना तथा कार्यक्रम, बजेट कार्यान्वयनको अवस्था लगायतका विषयमा विस्तृत छलफल गरिएको रास्काेट नगरपालिकाले जनाएको छ । साथै नगर प्रमुख शाहि ले नगरपालिकाको विकासमा सबै जनप्रतिनिधि तथा कर्मचारीको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै शुशासन ,पारदर्शिता, जवाफदेहिता र जनमुखी सेवामा जोड दिनुपर्नेमा जाेड दिनुभयाे ।

अधिवेशनले विभिन्न प्रस्तावहरू पारित गर्दै नगरपालिकाको विकासकाे माेडल र यात्रालाई थप सुदृढ बनाउने प्रतिबद्धता समेत व्यक्त गरिएको बताएको छ ।

तपाईको प्रतिक्रिया