पचालझरनामा बालविवाह र छाउपडी न्यूनीकरणबारे सरोकारवालाहरूसँग अन्तरक्रिया

कालिकोट: जिल्लाको पचालझरना गाउँपालिकामा बालविवाह, छाउपडी तथा छुवाछुतजस्ता सामाजिक कुरीतिहरूलाई न्यूनिकरण गर्ने हेतुका साथ गाउँपालिकामा धामीझाँक्री, पण्डित तथा सरोकारवालाहरूसँग १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

पचालझरना गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा, पडेक्षा कालिकोटको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय धामीझाँक्री, पण्डित, जनप्रतिनिधि, महिला समूह, शिक्षक, सामाजिक अगुवा तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बालविवाह, छाउपडी प्रथा र छुवाछुतले बालबालिका, महिला तथा समग्र समाजमा पार्ने नकारात्मक प्रभावबारे छलफल गरिएको गाउँपालिका उपाध्यक्ष अल्किना बम बबिताले बताउनु भयाे । साथै स्थानीय तह, समुदाय र अगुवाहरूको संयुक्त पहलबाट मात्र यस्ता समस्याहरू न्यूनिकरण गर्न सकिने सहभागीहरुले निष्कर्ष निकालेका छन्  ।

तपाईको प्रतिक्रिया