नगर उप-प्रमुख बरालकाे नेतृत्वमा सिचाई कुलोको अनुगमन

कालिकोट: रास्कोट नगरपालिका  नगर उप-प्रमुख मनिराज बरालको नेतृत्वमा आज बाख्री कुलो र पनेरि कुलोको अनुगमन गरिएको छ। अनुगमनका क्रममा वडा अध्यक्ष, प्राविधिक शाखा, योजना शाखा र स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका प्रतिनिधिहरूकाे सहभागीतामा उक्त कुलोकाे अनुगमन गरिएको हाे ।

अनुगमनका क्रममा बाेल्दै उपप्रमुख बरालले दुवै सिचाई कुलोको अवस्था र सुधारका लागि आवश्यक कदमहरूको पहिचान गर्नुका साथै सिचाईको प्रभावकारिता, पानीको आपूर्ति, र मर्मत सम्भारको अवस्था बारे जानकारी लिएकाे बताउनु भयाे  । सिचाई सुविधाको सुधारको महत्त्वलाई जोड दिँदै कुलाे निर्माण भए प्रश्चात किसानहरुका लागि सिचाईमा सरल र सहज हुने समेत बताएको छ ।

तपाईको प्रतिक्रिया