रमेश बाेगटी कालिकोट: शुभकालिका गाउँपालिका खेलकुद विकास समिति गठन गरे सँगै अध्यक्षमा विनाेद शाहि सर्वसम्मत चयन भएका छन् । वडा नं. १ देखि ८ सम्मका वडाबाट पठाइएका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भेलाले शाहीलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेकाे हो।
शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकले शाहीलाई गाउँपालिका खेलकुद विकास समितिको सर्वसम्मत चयन गरेको छ । अध्यक्षमा चयनपछि शाहीले पालिका तथा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी गरिने बताउँदै आउने दिनहरुमा खेलकुद क्षेत्रलाई उच्च स्थानमा पुर्याउनका लागि आफ्नाे महत्त्वपूर्ण भूमिका रहने समेत शाही स्पष्ट पार्नुभयाे ।।

खेलकुद बिकास समिति अध्यक्षः विनोद शाही सहित उपाध्यक्षः कमल सुनार,सचिवः सत्य शाही,कोषाध्य हेमन्त अधिकारी सदस्यमा नरेन्द्र अधिकारी ,भुपेन्द्र अधिकारी, दुर्ग बहादुर शाही ,निराजन शाही ,गौरब बहादुर शाही ,नवराज शाही शिक्षक सदस्य मा सुमद बहादुर शाही रहेका छन् ।




तिलाप्रेस । २० पुष २०८२, आईतवार २०:२६