छत्र राेका मगर कालिकोट : जिल्ला, शुभकालिका गाउँपालिका वडा नं. ४ निवासी भिम प्रसाद चौलागाईं (बादल) दुबै मिर्गौला फेल भई जीवन–मरणको दोसाँधमा संघर्षरत हुनुहुन्छ। केही समयदेखि प्रदेश अस्पताल, कालागाउँ सुर्खेतमा नियमित डायलासिस गराइरहनुभएका उहाँलाई चिकित्सकको सल्लाह अनुसार तत्काल मिर्गौला प्रत्यारोपण आवश्यक रहेको छ।हाल उहाँ काठमाडौँस्थित राष्ट्रिय धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरमा उपचाररत हुनुहुन्छ। तर आर्थिक अवस्था कमजोर भएकाले प्रत्यारोपण तथा उपचार खर्च जुटाउन परिवार अत्यन्तै कठिन परिस्थितिमा परेको छ।
उहाँको जीवन बचाउन अब हामी सबैको मानवीय साथ आवश्यक छ। तपाईंको एक रुपैयाँजस्तो सानो सहयोगले पनि एक अमूल्य जीवन बचाउन सकिन्छ। बाँचुन्जेल गरिएको सहयोग नै साँचो मानवता हो। सहयोगस्वरूप संकलित सम्पूर्ण रकम सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ र संकलित रकम एकमुष्ट रूपमा बिरामीका बुवा श्री नैसिके चौलागाईंलाई बुझाइनेछ। सहयोग गर्नुहुने महानुभावहरूले रकम जम्मा गरेको स्क्रिनसट अनिवार्य रूपमा पठाइदिन अनुरोध गरिएको छ।
यस कठिन घडीमा भिम प्रसाद चौलागाईं (बादल) र उहाँको परिवारलाई आर्थिक तथा नैतिक रूपमा साथ दिन सम्पूर्ण देश–विदेशमा रहनु भएका दाजुभाइ, दिदीबहिनी तथा सहयोगी मनहरूमा हार्दिक अपिल गरिएको छ।





तिलाप्रेस । १२ पुष २०८२, शनिबार ११:२६