कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को १८ औँ हिउँदे गाउँसभा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम सफलतापूर्वक सम्पन्न भएको छ। गाउँसभाको अध्यक्षता तथा समापन गाउँपालिका अध्यक्ष देवराज शाहीले गर्नु भएको थियो।

गाउँसभामा प्रस्तुत एजेण्डाहरूमाथि विस्तृत छलफल पश्चात १७ औँ गाउँसभादेखि हालसम्म कार्यपालिकाबाट पारित निर्णयहरू अनुमोदन गरिनुका साथै रकमान्तर सम्बन्धी प्रस्ताव, विभिन्न ऐनहरू पारित तथा विविध विषयहरूमा आवश्यक निर्णयहरू गरिएको समेत बताएको छ।

गाउँसभाको सफल आयोजनामा योगदान पुर्याउनु हुने सम्पूर्ण जनप्रतिनिधि, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि कर्मचारी , सुरक्षा निकाय, पत्रकार लगाएत उपस्थित सबै सरोकारवालाप्रति पचालझरना गाउँपालिकाले हार्दिक धन्यवाद समेत ब्यक्त गरेको छ। सभाबाट पारित निर्णयहरू कार्यान्वयन गर्दै गाउँपालिकाले स्थानीय विकास र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै लैजाने गाउँपालिकाले जनाएकाे छ ।।




तिलाप्रेस । ११ पुष २०८२, शुक्रबार ०९:५४