कालिकोट : रास्कोट नगरपालिकामा एकै दिन तीनवटा पक्की वडा कार्यालय भवन उद्घाटन गरिएको छ। नगर प्रमुख धर्मराज शाहि पाेषण, उप–प्रमुख मनिराज बराल प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहि तथा सम्बन्धित वडाका अध्यक्षहरूको उपस्थितिमा वडा नं. ६, ८ र ९ का नयाँ भवनहरू एकैसाथ उद्घाटन गरिएको हो।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख शाहि तथा उपप्रमुख बरालले वडा कार्यालय भवन निर्माणसँगै सेवा प्रवाह अझ प्रभावकारी र नागरिकमैत्री बन्नेमा आफु विश्वस्त रहेकाे उहाँले बताउनु भएकाे छ । वडा कार्यालय भवन निर्माणको लागि नि:शुल्क जग्गा दान गर्नुहुने जग्गा धनी तथा समयमै निर्माण कार्य सम्पन्न गर्नुहुने निर्माण ब्यवसायी एवं भवन निर्माण कार्यमा संग्लन सम्पूर्णलाई नगरपालिकाले विशेष धन्यवाद समेत दिएकाे छ ।






तिलाप्रेस । १० पुष २०८२, बिहीबार २०:१५