कालिकोट : सान्नीत्रिवेणी गाउँपालिका वडा नं ४ को बालुपाटा बस्तिमा पिउने पानीको हाहाकार भएको छ । स्थानिय सरकार संचालन भएको ९ वर्ष पुग्यो । २ पटक जनप्रतिनिधि पनि फेेरिसके । तर बालुपाटा बस्तिमा नियमित पिउने पानीको अभाब उस्तै छ । एक घर एक धारा अभियान थालेको गाउँपालिकाले एउटा बस्तिमा पिउने पानी समेत सहज रुपमा उपलब्ध गराउन सकेको छैन । २ /२ पटक भोट हालेर जनप्रतिनिधि जिताइसकेउ तर हामिले नियमित पिउने पानी पाएनौ । आफ्नो दुख सुनाउदै कपुरे बिकले भन्नु भयो । करिब आधा घण्टाको बाटो हिडेर पिउने पानी बोकेर ल्याउनु पर्छ । बिरामि भएकि आफ्नि श्रीमती बिहान बेलुका पानी ल्याउन एक एक घण्टा हिड्छ । दैनिक लामो दुरिको हिडाइकि कठिनाइले बिराम झन बढ्दै गएको उहाँको भनाइ छ । पिउने पानी समेत नपाउदा मर्नु पर्ने अबस्था आएको उहाँले बताउनु भयो ।
स्थानिय सरकार आएपछि केही सुविधा मिल्छ । खाानेपानी र सडकको पहुँच पुग्छ सोचेका थियौ । तर समस्या समाधान गर्नमा कसैले चासो नदिएको अर्का स्थानिय नयाँ तिरुवाले बताउनु भयो । विरामि हुँदा डोकोमा बोकेर हस्पिटल पुगाउनु पर्ने बाध्यता रहेको भएपनि जसोतसो हस्पिटल पुगाएपनि हस्पिटलमा डाक्टर नहुँदा बिरामिलाई औषधि उपचार गर्न समेत ठुुलो कठिनाइ रहेको उहाँले बताउनु भयो । बालुपाटा बस्तिमा खाानेपानी र सडकको समस्या तत्काल समाधान गर्न स्थानिय सरकार संघ संस्था सँग उनिहरुले जोडदार माग गरेका छन ।
सडक स्तरउन्नतिका लागि बजेटको पहल गरेपनि कतैबाट बजेट उपलब्ध हुन नसकेको वडा अध्यक्ष देवनाथ योगिले बताउनु भयो । स्वास्थ्यका बिषयमा डाक्टर सहित करार कर्मचारि हटाउनु हुदैन भनेर आफुुले अडान लिएपनि त्यो सफल नभएको र संघिय सरकारको निर्देशन बमोजिम स्थानिय सरकारले निर्णय गरेर कार्यान्वयन गर्दा स्वास्थ्य सेवामा समस्या आएको योगीले बताउनु भयो । खानेपानी उपलब्ध गराउनका लागि पालिका र विभिन्न संघ संस्थासँग समन्वय गरेर बजेटको ब्यबस्थापन गरि पानी उपलब्ध गराउने उहाँले प्रतिबद्दता जनाउनु भयो ।





तिलाप्रेस । १० पुष २०८२, बिहीबार ०५:४५