कालिकोट : एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी रकम रास्काेटमा हस्तान्तरण गरेको छ।कम्पनीको शाखा कार्यालय कालिकाेटले एकै दिन २ जना मृतक शंकर प्रसाद बरार र विर्ख बहादुर वाेगटिको परिवारलाई झन्डै ११ लाख रुपैयाँको दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।
कम्पनीका शाखा प्रवन्धक जन्मदेव बराल र अप्रेशन ईन्चार्ज लिलाराज संज्याल साथै सक्रिय अभिकर्ताकाे सहभागीतामा कालिकाेट शाखाद्वारा मृतक शंकर प्रसाद बरालकि आमा अमृता बरार र विर्ख बहादुर बाेगटिकि श्रीमती गाेमा बाेगटिलाई उक्त रकम हस्तान्तरण गरेको हो । मृतक शंकर प्रसाद बराल रास्काेट नगरपालिकाकाे रास्काेट अस्पतालमा कार्यरत थिय । उनी रास्काेट बासिकाे असाधै मिलनसार र भरासिलाे रास्ट्रसेवक कर्मचारीकाे रुपमा परिचित हुनु हुथ्याे । अचानक मिति २०८२ साल भाद्र ३१ गते विहान आफ्नै घरमा हटट्याग भएर कालगतिले मृत्यु भएकाे थियाे । उनकाे एशियन लाईफ इन्स्योरेन्स कम्पनीमा ५ लाखकाे विमा गरेकाे थियाे उनले ५ वटा किस्ता १ लाख ७२ हजार जम्मा गरेका हुन । निजकाे परिवारले ५ लाख ३८ हजार रुपैया मृत्युदावि रास्काेटमा पाएका छन् ।

त्यस्तै रास्काेट नगरपालिका ९ कै मृतक विर्ख बहादुर बाेगटि कामकाे शिलसिलामा भारतकाे कर्नाटक राज्यकाे ब्याङ्लाेरमा नाेकरि गर्न गएका थिय । उनी विहान छतमा पानी चार्न गएकाे वेला घरकाे छतवाट खसेर मृत्यु भयाे । उनले २०८१ साल भदाैमा २ लाखकाे एक किस्ता मात्र १५ हजार तिरि एशियन लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेडमा विमा गरि १ किस्ता बुझाएका थिय उनकाे दाेस्राे किस्ता नआउदै उनकाे दुर्घटनाका कारण मृत्यु भयाे । उनकाे परिवारले दुर्घटनाका कारण मृत्यु भएकाले ४ लाख ३ हजार रुपैया मृत्यु दावि रकम पाएका छन् । २०८२ साल पाैष महिनाकाे ५ गते रास्काेट नगरपालिकामा कार्यक्रम गरि दुवै विमितकाे मृत्युु दावि भुक्तानी हस्तान्तरण गरेकाे हाे । मानिस एक पटक अवस्य मृत्युु नै हुन्छ । बचत र सुरक्षाका लागि विमा जरुरि छ । एस एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय कालिकाेट बाट हाल सम्मा ७५ जनाले मृत्यु दावि पाएका छन् ।




तिलाप्रेस । १० पुष २०८२, बिहीबार ०९:०९