सुशासन मार्फत समृद्ध कर्णालीको यात्रा : अशोकनाथ योगी

कालिकोट ,अनुगमनका सिलसिलामा गृह जिल्ला कालिकोट पुगेका कर्णाली प्रदेश याेजना आयाेगका सदस्य मा. अशाेक नाथ याेगी लाई कालिकाेट पत्रकार महाँसंघले स्वागत र सम्मान कार्यक्रम सहित साक्षात्कार कार्यक्रमकाे आयाेजना गरेकाे  छ । भेटघाट कार्यक्रममा बाेल्दै याेगिले  कर्णाली भाष्य बदल्न नीति र नेतृत्वमा कर्णाली लाई   पुगाउन जरूरी समेत बताए ।  आयाेगमा जिम्मेवारी ग्रहण गरे पश्चात्कर्णाली प्रदेश याेजना आयाेगकाे प्रस्तावमा कर्णाली प्रदेश सरकारले कार्यान्वयन गर्दे कर्णाली प्रदेशको विकास मोडल परम्परागत भन्दा फरक ढंगले अघि बढाइने कर्णाली प्रदेश योजना आयोगका सदस्य तथा समाजसेवी अशोकनाथ योगीले बताएका छन्। नेपाल पत्रकार महासंघ कालिकोटको आयोजनामा आइतबार जिल्ला सदरमुकाम मान्ममा सम्पन्न पत्रकार भेटघाट तथा स्वागत कार्यक्रममा बोल्दै उनले कर्णालीको भौगोलिक,सामाजिक र आर्थिक अवस्थाअनुसार छुट्टै विकास रणनीति अपनाइने स्पष्ट पार्नुभएकाे छ ।

कर्णालीकाे समृद्विकाे लागि ५० बर्षे गुरु याेजना आबश्यक रहेकाे त्यसका लागि साबिककाे कर्णाली हुम्लाबाट यात्रा प्रारम्भ गरि नेपाल र चिनकाे सिमा हिल्सा सम्म पुगेकाे र अवलाेकन गरेकाे अनुभव सुनाउदै कर्णाली प्रदेशका दीर्घकालीन रणनीति, बहुवर्षीय आयोजनाको कार्यान्वयन प्रक्रिया तथा आयाेजना प्रस्ताव विकास बैंक स्थापना सम्बन्धी योजनाबारे जानकारी गराउनु भयाे ।


३२ बर्ष सुशासन र समृद्धिकै समुदाय बिकास र युवा सशक्तिकरण र सामाजिक रूपान्तरणमा बिताउदै सदस्य योगीले जी (Gen-Z) आन्दोलनको मर्मअनुसार प्रदेश सरकारले सुशासनको मुद्दालाई गम्भीरतापूर्वक अघि बढाएको बताए। उनले कर्णालीलाई कार्यान्वयनमुखी र अर्गानिक विकास मोडलतर्फ लैजाने प्रयास भइरहेको समेत बताउनु भयाे। कालिकाेट जस्ता बिकट जिल्लाका संचारकर्मी र संचारगृहका समस्याका मुद्वाहरू सम्बन्धित निकायमा उटान गर्ने प्रतिबद्वता जाहेर गर्दे सुशासनकाे महान अभियानमा मिडिया पार्टनरसिपलाई अगाढी बढाउन अपिल गर्नु भएकाे छ । पर्यटन धामिक पर्यटन बडिमालिका,पचालझरना पंचदेवल  लगायत ऐतिहासिक धार्मिक स्थलहरूलाई प्रबर्द्धन गर्न धार्मिक सर्किट सुनाैलाे त्रिभुजकाे अबधारणा अगाडि सारिएकाे समेत बताउनु भयाे ।  सुशासन काे लेनमा कर्णाली लाई हिडाउन गरिएकाे याे पहिलाे प्रयास हाे : जुन नमुनाका रूपमा स्थापित हुँदै अनुशरण गर्न याेग्य भएर गएकाे छ र स्थानिय पालिकाहरूले पनि आयाेजना बैक बनाउने तयारी गरिरहेकाे अबस्था छ कर्णाली प्रदेश याेजना आयाेगले ५ बर्षका लागि तयार पारेकाे आवधिक याेजना बितरण गर्दे सुशासन  सामाजिक न्याय र समृद्ध कर्णाली”कर्णाली बिकासकाे माेडेलमा कर्णाली प्रदेश बिकासका प्राथमिकता पुर्बाधार तथा अन्तर आबद्वता नवप्रब्रतन,उत्पादन र राेजगारी उधाेग,पर्यटन बन तथा वातावरण मानवपुजी तथा सामाजिक बिकास डिजिटल कर्णाली र सुशासन ५ प्रमुख प्राथमिकता लाई अगाडि सारिएकाे छ उहाँले भन्नुभयाे   ।

तपाईको प्रतिक्रिया