कालिकोट – नेपाल कम्युनिस्ट पार्टी (माओवादी) कालिकोट जिल्ला समितिको आयोजनामा मंसिर ८ गते मान्म बजारमा १२औँ पार्टी पुनर्गठन दिवस र २५औँ जनमुक्ति सेना नेपाल स्थापना दिवस भव्य रूपमा मनाइएको छ। ऐतिहासिक दिवसका अवसरमा निकालिएको र्यालीमा पार्टी नेता–कार्यकर्ता तथा स्थानीयको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।
जिल्ला सेक्रेटरी बलवान सि को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जिल्ला इन्चार्ज विवेक सि को उपस्थितिमा र्यालीपछिको सभा सम्पन्न भएकाे थियाे । कार्यक्रममा मन्तव्य राख्दै विवेक सि ले पार्टी संगठन सुदृढीकरण, जनअधिकारको संरक्षण र परिवर्तनका एजेण्डामा निरन्तर संघर्ष जारी रहने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

मान्म बजारदेखि विभिन्न टोल परिक्रमा गरिएको र्याली अन्त्यमा सभा रुपमा परिणत भएको थियो। कार्यक्रमको सञ्चालन रणदिप सि ले गर्नुभएकाे थियाे । कार्यक्रममा पूर्व सांसद तुलराज बिष्टसहित तथा पार्टी सीसीएम दिनेश सी, रमेश सी, समग्र सी (केन्द्रीय सल्लाहकार समिति सदस्य) राधिका सी (शहीद परिवार) लगायतको उपस्थिति रहेकाे थियाे ।




तिलाप्रेस । ९ मंसिर २०८२, सोमबार २०:५५