देशभर १० नयाँ इलाका प्रशासन कार्यालय स्थापना, कालिकोटको रास्कोट पनि सूचीमा

कालिकोट — अर्थ मन्त्रालय, बजेट तथा कार्यक्रम महाशाखाले देशभर १० वटा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्न सहमति दिएको छ । गृह मन्त्रालयले दरबन्दी हेरफेर सहित नयाँ कार्यालय स्थापना सम्बन्धी संगठन तथा व्यवस्थापन सर्वेक्षणका लागि पठाएको प्रस्तावमा हालको दरबन्दी नबढाई इलाका  प्रशासन कार्यालय स्थापन गर्न र उक्त कार्यालय हरु स्थापना गर्न चालु वर्षको लागी आवश्यक पर्ने रकम सोही मन्त्रालयको विनियोजित बजेटबाट व्यवस्थापन गर्ने गरि मन्त्रालयको २०८२ मंसिर ३ गते बसेको मन्त्री–स्तरीय निर्णयअनुसार कार्यालय स्थापना गर्न अनुरोध गरेको हो ।

त्यस्तै कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापना हुने भएपछि अब नागरिकता राहदानी सिफारिस परिचयपत्र शान्ति–सुरक्षा तथा प्रशासन सम्बन्धी सेवा रास्कोटमै हुने भएपछी रास्कोट नगरपालिका तथा छिमेकी पालिकाका नागरिकहरुका लागी सरल र सहज हुने अपेक्षा गरिएको छ ।  रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही (पोषण)ले इलाका प्रशासन कार्यालय रास्कोट  नगरपालिकामा स्थापना हुने निर्णयप्रति खुसी व्यक्त गर्दै अहिलेको सरकार लाई धन्यवाद समेत दिएका छन् । यो रास्कोटवासीका लागि ऐतिहासिक उपलब्धि हो।

 

स्थापना हुन लागेका १० इलाका प्रशासन कार्यालय 

तपाईको प्रतिक्रिया