समाजसेवी अर्जुन कुमालको नेतृत्वमा दृष्टिविहीन अस्मितालाई शैक्षिक तथा खाद्यान्न सामग्री सहयोग

कालिकोट: रास्कोट नगरपालिका–३ की १९ वर्षीया दृष्टिविहीन अस्मिता कुमाललाई प्रवासी युवा नमुना बचत समूह बेंगलोरले पाँच हजार सम्मकाे शैक्षिक सामग्री तथा खाद्यान्न सहयोग गरेको छ। समाजसेवी तथा समूहका उपाध्यक्ष अर्जुन कुमालको नेतृत्वमा आर्थिक शंकलन गरि अस्मितालाई आवश्यक शैक्षिक सामग्री र दैनिक उपभोग्य खाद्यान्न सहयोग गरिएको हो।सहयोग पाएपछि अस्मिताले खुशी व्यक्त गर्दै समूहप्रति आभारि भएको उनले बताइन्। उपाध्यक्ष कुमालले थोरै भए पनि सहयोग गर्न पाउँदा खुशी लागेको उहाले बताउनु भयाे ।सामग्री खरिद र घरसम्म पुर्‍याउन सहयोग गर्नुहुने शिक्षक प्रेम कुमाललाई पनि धन्यवाद उहाँले धन्यवाद समेत दिनुभएको छ ।

अस्मिताका आमा पशु कुमाल र बुबा अज्जने कुमालले सहयोगी सबैप्रति कृतज्ञता व्यक्त गर्दै सहयोग गर्न चाहाने ईच्छुक व्यक्तिले सहयोग गर्न समेत अनुरोध गरेका छन्।

तपाईको प्रतिक्रिया