कालिकोट : नयाँ पुस्ताद्वारा सुशासन, पारदर्शिता र न्यायका लागि’ भन्ने नाराका साथ जेन–जी प्रतिनिधि मनिस शाहीकाे नेतृत्वमा प्रमुख जिल्ला अधिकारी गाेकर्ण राज सुयल लाई ध्यानाकर्षण–पत्र बुझाएको हाे । गत भदौ २३ र २४ गते देशभर चलेको जेन–जी आन्दोलनका मागहरू अझै कार्यान्वयन नहुँदा त्यसको निरन्तर दबाबस्वरूप आज प्रमुख जिल्ला अधिकारी लाई ध्यानाकर्षण–पत्र बुझाइएका हुन।
पत्रमा लागुपदार्थ दुव्र्यसन नियन्त्रण लागी आवश्यक ठोस कदम चाल्नु पर्ने, जथाभावि मदिरा विक्रि वितरणमा कडाइ गरि जुवातास नियन्त्रण गर्न कदम चाल्नुपर्ने, सवारीसाधनमा सिट क्षमता भन्दा बढी यात्रु नराख्न सम्बन्धीत निकायलाई पत्राचार गर्नु पर्ने, जेन–जी माथि भइरहेका बदनाम र अपमान गर्नेलाई कार्वाहीको दाहेरामा ल्याउनु पर्ने , कालिकोटमा बढ्दो भ्रष्टाचार नियन्त्रण तथा वन्यजन्तुको अवैध चोरी–सिकारी रोक्न ठोस कदम चाल्नु पर्ने माग गरिएको छ ।

जेन–जीका प्रतिनिधि मनिस शाहीले ध्यानाकर्षण–पत्रमा हस्ताक्षर गर्दै स्थानीय तहदेखि केन्द्रसम्म सुशासन र पारदर्शिताको सुनिश्चितताका लागि आफ्नो अभियान जारी रहने बताए ।




तिलाप्रेस । २८ कार्तिक २०८२, बिहीबार १९:२३