कालिकोट : रास्कोट नगरपालिका–६ का गणेश फर्सालले दाडेमष्टो मन्दिर निर्माण अभियानका लागि रु ५०,००० आर्थिक सहयोग गरेका छन्। वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका फर्सालले आफ्नो जन्मभूमिमा निर्माणाधीन धार्मिक स्थलका लागि आर्थिक सहयोग गरेका हुन्।
यो सहयोगले मन्दिर निर्माण अभियानलाई थप गति मिलेको निर्माण समिति सदस्यहरूले बताएका छन्। गाउँ बाहिर रहेर पनि समाजप्रति जिम्मेवारी बोध गर्दै गरिएको फर्सालको योगदानले स्थानीय युवामाझ प्रेरणादायी भूमिका खेलेको दिनेश फर्सालले बताएका छन्।





तिलाप्रेस । २३ कार्तिक २०८२, शनिबार १८:१३