शान्नित्रिवेणी गाउँपालिकाका गतिविधि  सार्वजनिक, नागरिकसँग सीधा संवाद

कालिकोट : जिल्लाकाे शान्नित्रिवेणी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ र आव २०८२/०८३  को हालसम्म मा सम्पन्न गरेका गतिविधि जनतामाझ सार्वजनिक गरेको छ। विनियोजित बजेट, योजना तथा खर्चको विवरणसमेत प्रस्तुत गर्दै गाउँपालिकाले स्थानीय बासिन्दाकाे सहभागीता रहने गरी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा प्रमुख जवाफदेहीका रूपमा गाउँपालिका अध्यक्ष मोहनबहादुर केसी (महेश) तथा विशेष जवाफदेही उपाध्यक्ष पार्वती सिंह सन्ज्याल उपस्थित रहेका थिय। सोही अवसरमा प्रमुख प्रशासकीय अधिकृत प्रेम बढुवाल, वडाध्यक्षहरू, सचिवहरू, शाखा प्रमुखलगायत कर्मचारीहरूको समेत उल्लेखनीय सहभागिता थियो।

सुनुवाइमा नागरिकहरूले सेवा, योजना, खर्च र कार्यान्वयन सम्बन्धी बारे प्रश्न, सुझाव र जिज्ञासा राखेका थिएभने जनप्रतिनिधि तथा कर्मचारीहरूले ती प्रश्नहरूको स्पष्ट जवाफ दिँदै सेवा अझ प्रभावकारी बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

गाउँपालिकाका प्रतिनिधिहरूका अनुसार सार्वजनिक संस्थाका कार्यबारे जानकारी पाउनु नागरिकको मौलिक अधिकार भएकाले सुशासन पारदर्शिता र जवाफदेहिताका लागि यस्तो कार्यक्रम गर्न पनि उत्तीर्ण महत्वपूर्ण भएकाे बताएका छन् ।

सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण भने रेडियो प्रदेश आवाजले गरेको थियो।

तपाईको प्रतिक्रिया