कालिकोट महिला अधिकारकर्मी र नागरिक समाजका प्रतिनिधिहरूका लागि सामाजिक जवाफदेहीता सम्बन्धी दुई दिने तालिम सदरमुकाम मान्ममा सुरु भएको छ।

महिला पुनर्स्थापना केन्द्र (ओरेक) नेपाल कालिकोटको आयोजनामा, UN WOMEN को आर्थिक सहयोग र शुभकालीका गाउँपालिकाको समन्वयमा तालिम सञ्चालन गरिएको हो। तालिमको उद्घाटन भने शुभकालिका गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाहीले गर्नुभएको थियाे ।
सशक्त महिला, समृद्ध नेपाल कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको तालिममा नागरिक समाज, पत्रकार, एकल महिला, अपांग व्यक्ति, बाल क्लब र युवा क्लबका प्रतिनिधिहरू सहभागी छन्।

तालिमकी सहजकर्ता रमा भण्डारीका अनुसार GEDSI को अवधारणा, लैङ्गिक उत्तरदायी बजेट र त्यसको कार्यान्वयन प्रक्रिया लगायत विषयमा सहभागीलाई प्रशिक्षण दिइँदैछ।
ओरेक नेपाल कर्णाली प्रदेश कार्यक्रम संयोजक दिलकुमारी बुढा मगरले तालिम अत्यन्तै उपयोगी रहेको बताउँदै सबैलाई ध्यानपूर्वक सिक्न आग्रह गर्नुभयो।
उपाध्यक्ष धर्मकला शाहीले गाउँपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिन र आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो।




तिलाप्रेस । १८ कार्तिक २०८२, सोमबार १८:१५