कालीकोट , हाम्रो समाज रुपान्तरण युवा क्लबद्वारा दाडेमष्टो मन्दिर निर्माणका लागि आयोजित देउसी–भैलो कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ ।
कार्यक्रममा गाउँवासी आमाबुबा, दाजुभाइ, दिदीबहिनीले उत्साहपूर्वक सहयोग गरेसँगै यस क्रममा जम्मा भएको रकम रू ४० हजार तथा मन्दिर निर्माणका लागि जम्मा हुँदै आएकाे पैसा दिनेश फर्सालको खातामा जम्मा गरिएको क्लबले जनाएको छ ।

कार्यक्रम सफल बनाउन योगदान दिने सम्पूर्ण सदस्यहरूलाई क्लबले आभार प्रकट गर्दै अझै सहयोग संकलन जारी रहने बताएको छ ।




तिलाप्रेस । १३ कार्तिक २०८२, बुधबार २१:१५