नेकपा (एस) ले वराल र शाहीलाई केन्द्रीय सदस्यमा चयन गर्‍यो

कालिकोट : नेकपा (एकीकृत समाजवादी) को तेस्रो पूर्ण बैठकले कालिकोटका मनिराज वराल र कमलबहादुर शाहीलाई केन्द्रीय सदस्यमा चयन गरेको छ। वराल रास्कोट नगरपालिकाका उप–प्रमुख हुन् भने शाही खाँडाचक्र नगरपालिकाका प्रमुख हुन्।

दुवैले काठमाडौंमा पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै छिट्टै कालिकोट फर्कने तयारी गरेका छन्। सपथपछि वरालले जनताको भरोसाको सम्मान गर्ने बताएका छन् भने शाहीले जनताको हितमा अझ प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।

स्थानीय कार्यकर्ताले उनीहरूको चयनलाई स्वागत गर्दै दुवै जनमुखी र सक्रिय नेताको रूपमा पहिचान गरेका छन्।

तपाईको प्रतिक्रिया