देउरा मालिका यूवा क्लवको आयोजनामा अन्तर पालिका वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता हुने 

कालिकोट : रास्कोट नगरपालिका वडा नं. १ स्थित देउरा मालिका युवा क्लबको आयोजनामा  अन्तर पालिका वडा  स्तरिय  पुरुष भलिबल प्रतियोगिता आगामी कार्तिक ३ गतेदेखि ५ गतेसम्म आयोजना हुने भएको छ । क्लबका अनुसार प्रतियोगितामा कालिकोट जिल्ला  भित्रका विभिन्न टोल तथा क्लबका टोलीहरूले सहभागिता जनाउने व्यवस्था गरिएको बताएको छ ।

खेलकुदमार्फत युवाहरूमा आपसी एकता, अनुशासन र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको ऐन बहादुर शाहीले बताउनु भयो । आयोजक क्लबले सम्पूर्ण वडा भित्रका खेलाडी तथा टोल–क्लबहरूलाई प्रतियोगितामा सहभागिता जनाउन हार्दिक अनुरोध गरेको छ ।

पुरस्कार राशी : प्रथम ३५ हजार )

द्वितीय पुरस्कार: रु १६ हजार )

तृतीय पुरस्कार रु ९ हजार)

दर्ता शुल्क : रु ३ हजार)

सम्पर्क व्यक्ति
सुवास शाही (९७६१९५५०११)
मनिष शाही (९८६६२१६८९५)
सन्तोष शाही (९८६६८३०८१९)
काली बिक्रम शाही (९८४८३३००००)
ऐन शाही(९८४८३६०६८९)
राजकुमार शाही (९८४६६६१७३०)

तपाईको प्रतिक्रिया