रास्कोटमा दोस्रो मेयर कप सम्पन्न, तीन विधामा विजेता घोषित

कालिकोट : रास्कोट नगरपालिकाको आयोजनामा सम्पन्न दोस्रो मेयर कप खेलकुद प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ। पाँच दिनसम्म चलेको प्रतियोगितामा जिल्लाका आठ वटा पालिका खेलाडी टोलीहरूले सहभागिता जनाएका थिए।

त्यस्तै पुरुष भलिबलतर्फ नरहरिनाथ गाउँपालिकाले पचालझरना गाउँपालिकालाई पराजित गर्दै एक लाख रुपैयाँसहित उपाधि हात पारेको छ  भने  उपविजेता बनेको पचालझरनाले ६० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।महिला भलिबल तर्फ  रास्कोट नगरपालिकाले पचालझरना गाउँपालिकालाई हराउँदै ४० हजार रुपैयाँसहित प्रथम स्थान हासिल गरेको छ भने  उपविजेता बनेको पचालझरनाले २० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको हाे ।

क्रिकेटतर्फ पलाँता गाउँपालिकाले रास्कोट नगरपालिकालाई पराजित गर्दै एक लाख रुपैयाँसहित उपाधि हात पारेको छ भने  उपविजेता बनेको रास्कोटले ६० हजार रुपैयाँ प्राप्त गरेको छ।

समापन समारोहमा बोल्दै नगरप्रमुख धर्मराज शाही (पोषण)ले खेलकुद रास्कोटको पहिचान र एकताको प्रतीक भएको बताउँदै आगामी दिनमा यसलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता जनाउनुभयो। उहाँले खेलकुदले मनोरञ्जन मात्र नभई विकास, अनुशासन र सहकार्यको सन्देश दिने उल्लेख गर्नुभयो।

त्यसैगरी नगर उपप्रमुख मनिराज बरालले खेलकुद युवाको क्षमता, आत्मविश्वास र सामाजिक एकता सुदृढ गर्ने माध्यम भएको बताउनुभयो।

नगर खेलकुद समिति अध्यक्ष गणेश विक्रम शाहीका अनुसार प्रतियोगिताले जिल्लाको खेलस्तर उकास्दै नयाँ खेलाडी उत्पादनमा टेवा पु¥याएको छ उहाँले भन्नुभयो ।

 

तपाईको प्रतिक्रिया