कालिकोट : नेकपा माओवादी केन्द्र कालिकोटले भदौ २३ गतेको जेन–जी आन्दोलनको समीक्षा गर्दै पत्रकारहरूसँग छलफल गरेका छन् । समीक्षा कार्यक्रममा आन्दोलनका कारण प्रभाव र त्यसपछि राजनीतिक घटनाक्रमबारे विस्तृत छलफल भएको थियो।
माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्ष्मीप्रसाद चौलागाईंले आन्दोलनमा देखिएका भिन्न धारणा र जनताका अपेक्षा अनुसार दलहरूले काम नगरेको स्वीकार गर्दै, भू–राजनीतिक अवस्था र घुसपैठले समस्या उत्पन्न भएको बताए ।
कर्णाली प्रदेशसभा उपसभामुख यशोधा न्यौपानेले कालीकोटमा जनधनको क्षति नहुनेमा पत्रकारहरूको योगदान उल्लेखनीय रहेको बताउँदै उनले भनिन् जसरी अहिले जिल्ला संम्यमित भयो त्यस्तै भूमिका खेल्दै जानु पर्ने तथा सबै नागरिकले समिक्षा हुनु पर्ने बताइन् ।उनले अर्को प्रशंगमा देशमा यो अवस्था आउनुमा नेताहरु मात्र नभएर कर्मचारिको पनि उत्तिकै भूमिका रहेको धारणा राखिन् । राम्रो या नराम्रोको नैतिक जिम्मेवारी हामी जनप्रतिनिधिले लिएर सच्चिनु पर्ने हो । उनले भनिन् यति भन्दै गर्दा पुराना नेताहरुको योगदानलाइ पनि भुल्न नहुने उनले बताईन् ।
केन्द्रीय सदस्य गंगा खड्काले आन्दोलनमा विदेशीको प्रवेश र तत्कालिन सरकारले सामाजिक सञ्जाल बन्द गर्नु गलत भएको बताइन्।

जिल्ला समन्वय समिति प्रमुख धनजित बहादुर शाहीले आन्दोलन आकस्मिक नभई लामो समयदेखि बढ्दै आएको भ्रष्टाचार, अनियमितता र जिम्मेवारीविहीन नेतृत्वको परिणाम भएको उहाँको भनाइ रहेको छ ।
पत्रकार कालीबहादुर मल्लले भने,जब सत्तामा रहेका दलहरू जनताको मागबाट टाढिँदै गए र राज्य संयन्त्र स्वार्थमा लिप्त भयो, तब नयाँ पुस्ताले सडकमा आवाज उठाउन बाध्य भएको बताउनु भयो ।
तिलाप्रेस । २६ आश्विन २०८२, आईतवार ०७:४१