कालिकोट : कर्णाली प्रदेश समाजका अध्यक्ष बिरेन्द्र शाहीले ‘सुमन स्मृति कप’ भलिबल प्रतियोगितालाई आर्थिक सहयोग प्रदान गरेका छन्। खेलकुदको विकास, युवाको सहभागिता र समाजमा सकारात्मक ऊर्जा फैलाउनका लागि अध्यक्ष शाहीले सहयोग गरेका हुन्।
जापानमा बसोबास गर्दै आएका अध्यक्ष शाहीले आफ्नो व्यस्त जीवन र व्यक्तिगत जिम्मेवारीका बीच पनि कर्णालीका युवाको हौसला बढाउने उद्देश्यले सहयोग हात बढाएका हुन्। उनले कर्णालीका विद्यार्थी, रोजगारीका अवसरका खोजीमा विदेशिएका युवाका समस्या तथा कन्सल्टेन्सीबाट ठगिएका विद्यार्थीका पीडामा समेत आवाज उठाउँदै आएका छन्। सुमन स्मृति कप आयोजनाका प्रतिनिधिहरूले अध्यक्ष शाहीको सहयोगका लागि आभार व्यक्त गर्दै खेलकुद क्षेत्रमा रहेका नेपालीहरूबाट प्राप्त योगदानले हौसला मिलेको बताएका छन्।

तिलाप्रेस । २४ आश्विन २०८२, शुक्रबार १७:००