पूर्व भलिबल खेलाडी खेमराज शाहीको नेतृत्वमा सुमन स्मृति कपलाई ७८ हजार आर्थिक सहयोग

कालिकोट जिल्लाको रास्कोट नगरपालिका–५ निवासी हाल अमेरिकामा बस्दै आउनुभएका पूर्व भलिबल खेलाडी खेमराज शाहीको नेतृत्वमा सुमन स्मृति कपलाई रु.७८ हजार आर्थिक सहयोग प्रदान गरिएको छ । खेलकुद र समाजप्रतिको निरन्तर माया र योगदानलाई जारी राख्दै शाहीले आफ्नो उदार मनको परिचय दिएका हुन्। युवा जागरण अभियान, कालिकोटद्वारा आयोजना हुन लागेको दोस्रो सुमन स्मृति कप–२०८२ लाई प्रेरणा र हौसला प्रदान गर्ने उद्देश्यका साथ यो सहयोग उपलब्ध गराइएको हो।


सहयोगदाताहरू यसप्रकार छन् :
दिनेश शाही (रास्कोट–४) — रु. १४,०००
दिनेश संज्याल (रास्कोट–४) — रु. १४,०००
कविता शाही तथा महेश शाही (सुर्खेत) — रु. ७,०००
दिपिन बराल (रास्कोट–८) — रु. ७,०००
आयुस कार्की (झापा) — रु. ७,०००
कृष्ण खड्का (ललितपुर) — रु. ७,०००
सरोज राजवंशी (काठमाडौं) — रु. ७,०००
खेमराज शाही (रास्कोट–४) — रु. १५,०००
जम्मा रु. ७८,००० सहयोग प्राप्त भएको हो।
शाहीको नेतृत्वमा प्राप्त यो सहयोगले प्रतियोगिताको सफल आयोजनामा महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ। साथै, यसले खेलाडीहरूमा आत्मविश्वास र उत्साह थप्ने, र समाजमा एकता, सहयोग र भाइचाराको भावना बलियो बनाउने विश्वास समेत व्यक्त गरिएको छ। आयोजक युवा जागरण अभियान, कालिकोटले सबै सहयोगदाताप्रति हार्दिक धन्यवाद र कृतज्ञता प्रकट गरेको छ।

तपाईको प्रतिक्रिया