कालिकोट: रास्कोट नगरपालिका–५ का स्थायी निबासी तर हाल जापानको टोकियो सहरमा बसोबास गर्दै आएका अशोक शाहीले खेलकुद र समाजप्रतिको निरन्तर माया र योगदानलाई जारी राख्दै यसपटक पनि आफ्नो उदार मनको परिचय दिएका छन्।
युवा जागरण अभियान, कालिकोटद्वारा आयोजना हुन लागेको दोस्रो सुमन स्मृति कप– २०८२ लाई प्रेरणा र हौसला प्रदान गर्ने उद्देश्यका साथ शाहीकाे नेतृत्वमा रु. ५० हजार १ सय ९९ सहयोग उपलब्ध गराएका छन्।
रास्कोट नगरपालिका–५ निवासी अशोक शाहीको पहलमा जापानको टोकियो सहरमा रहेका नेपालीहरूबाट सुमन स्मृति कपमा सहयोग प्रदान गरेका छन्।

सहयोगदाताहरूको सूची यसप्रकार छः कुमार शाही (कालिकोट, दाहा) रु ५ हजार, नहकुल बम (कालिकोट थिर्पु) रु ३ हजार मिलन शाही (रास्कोट–२ लहरेला) रु २ हजार, शाही राजा (जाजरकोट) रु ५ हजार, सर्मिला उपाध्याय (रास्कोट–४) रु २ हजार,हिक्मत बि.क (रास्कोट) रु ५ हजार, भेटघाट रेस्टुरेन्ट (सिनोकुबो, टोकियो) रु ५ हजार,पुपाला शाही (दैलेख) रु २ हजार अशोक शाही (रास्कोट–५ बिजयपुर) रु २१ हजार ९ सय ९९ रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ ।
शाहीको यो योगदानले प्रतियोगिताको सफल आयोजनामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले गरेको छ। साथै, यसले खेलाडीहरूमा आत्मविश्वास र उत्साह बढाउनुका साथै समाजमा एकता, सहयोग र भाइचाराको सम्बन्धलाई अझै मजबुद बनाएकाे र याे अतुलनीय सहयोग र समन्वयका लागि आयाेजक टिमले धन्यवाद समेत व्यक्त गरेकाे छ ।
तिलाप्रेस । २२ आश्विन २०८२, बुधबार ०८:२३