रास्कोटमा सम्पन्न वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि वडा नं ३ लाई

कालिकोट रास्कोट नगरपालिका–४ मा शिभनाथ युवा क्लबको आयोजनामा सम्पन्न वडा स्तरीय भलिबल प्रतियोगिता–२०८२ को उपाधि वडा नं ३ ले हात पारेको छ ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित असोज १७ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिएको उक्त प्रतियोगितामा विजेता बनेको वडा नं ३ ले नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने वडा नं. ५ ले पनी नगद,ट्रफी, मेडल र प्रमाणपत्र सहित द्वितीय स्थान हासिल गरेको हाे । त्यस्तै तृतीय बनेको वडा नं ६ ले पनि नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको समापन समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, शाखा प्रमुख, खेलप्रेमी, खेलाडी तथा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो ।आयोजक शिभनाथ युवा क्लबका अनुसार प्रतियोगिता शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको हो।

तपाईको प्रतिक्रिया