रास्कोट नगरपालिका–४, स्युना टमट्टा बाडाका उत्साही युवाहरूको सक्रिय पहल र सामूहिक सहयोगमा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको लाटेमस्टो मन्दिर पुनःनिर्माण सम्पन्न भएको छ। गत साउन २० गतेदेखि सुरु भएको पुनर्निर्माण अभियान करिब एक महिनाभित्रै सम्पन्न भएको हो। स्थानीय युवाहरूले श्रमदान, आर्थिक योगदान र सामूहिक सहभागितामार्फत मन्दिर निर्माण कार्यलाई अघि बढाएका थिए
हामी युवाले दिन–रात नभनी, भोक–प्यासको पर्वाह नगरी, एकताको भावनासहित मन्दिर पुनर्निर्माण सम्पन्न गरेका छौं,” पुनःनिर्माण सदस्य शैलेन्द्र टमट्टाले बताए।स्थानीयवासीका अनुसार मन्दिर मात्र नभई चौतारो, पधेरा, कुवा जस्ता सामाजिक संरचनाहरू लोकतान्त्रिक समाजको बलियो आधार हुन्। “रास्कोट नगरपालिका भित्र कुनै धार्मिक वा सामाजिक संरचनाको विकास गर्नुपर्ने खण्डमा युवामाथि विश्वास गरेर जिम्मेवारी दिनुपर्छ,” एकजना युवाले भने। यस पुनर्निर्माणलाई स्थानीयले युवाको जागरण, एकता र श्रमदानको प्रेरणादायी उदाहरणका रूपमा लिएका छन्।युवाहरूले भविष्यमा पनि धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, पुनर्निर्माण र विकास कार्यमा निरन्तर लाग्ने प्रतिबद्धता जनाएका छन

तिलाप्रेस । १४ भाद्र २०८२, शनिबार २०:३७