प्रथम कमल स्मृति भलिबल कप–२०८२ को उपाधि वडा नं ९ लाई

रास्कोट नगरपालिका–३ मा सम्पन्न प्रथम कमल स्मृति भलिबल कप–२०८२ को उपाधि वडा नं ९ ले हात पारेको छ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित भाद्र ११ गतेदेखि १४गतेसम्म सञ्चालन भएको प्रतियोगितामा विजेता टिम रास्काेट नगरपालिका वडा न ९ (A) ले नगद १८ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त प्रथम स्थान हासिल गरेको छन् भने त्यस्तै द्वितीय हुने टिमले रास्काेट नगरपालिका वडा न१(b)ले१० हजार रुपैयाँ,ट्रफी, मेडल र प्रमाणपत्र द्वितीय स्थान हासिल गरेको छन भने रास्काेट नगपालिका वडा न ३आयाेजक तृतीय स्थान सहित ६ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।प्रतियोगिताको समापन समारोह मा ज्योति नाथ योगीको सभाध्यक्षता र वडा नं ३ का अध्यक्ष राजेन्द्रनाथ योगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्य दयाराम सिम्खडा, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शाखा प्रमुख, सम्पूर्ण वडाका खेलाडी तथा स्थानीयको सहभागिता रहेको थियो।

आयोजक जनचेतना युवा क्लबका अध्यक्ष चक्र नाथ योगीका अनुसार, शान्त र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताउनु भयाे ।

तपाईको प्रतिक्रिया