रास्कोट नगरपालिका द्वारा बजार अनुगमन,म्याद सकिएका सामान नष्ट

कालिकोट : जिल्लाकाे रास्कोट नगरपालिकामा नगर अनुगमन समितिकाे नेतृत्वमा  सञ्चालन गरेको नियमित बजार अनुगमनका क्रममा विभिन्न पसल तथा व्यवसायिक प्रतिष्ठानहरूमा बिक्रीका लागि राखिएका म्याद सकिएका सामान बरामद गरि नष्ट गरिएको छ ।

नगर प्रमुख धर्मराज शाही, उपप्रमुख मनिराज बराल , नेपाल प्रहरी, नगर प्रहरी, उद्योग वाणिज्य महासंघ, बजारबासीको उपस्थितिमा उक्त सामानलाई सुरक्षित तरिकाले नष्ट गरिएको नगर प्रहरी प्रमुख धनबहादुर शाहीले जानकारी दिनुभयो।

नगरपालिकाले उपभोक्ताको स्वास्थ्य र सुरक्षा नै पहिलो प्राथमिकता भएको बताउँदै यस्ता सामानले जनस्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले नियमित रूपमा बजार अनुगमन गरिने उल्लेख गरिएकाे छ। यसअघि पनि नगरपालिकाले विभिन्न समयमा यस्ता सामान बरामद गरी नष्ट गर्दै आएको छ। उपभोक्ताले सामान खरिद गर्दा म्याद र गुणस्तर अनिवार्य जाँच गर्नुपर्नेमा जोड दिइएको छ।

तपाईको प्रतिक्रिया