समावेशी शिक्षा र वैयक्तिक शैक्षिक योजना निर्माण सम्बन्धि तालिम सम्पन्न

कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा शिक्षा तालिम केन्द्र, विरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेश र रास्कोट नगरपालिकाको समन्वय,यूनिसेफ नेपालको आर्थिक सहयोग तथा समाज जागरण केन्द्र (स्याक) नेपाल द्धारा सञ्चालित गुणस्तरिय सिकाईका लागि विद्यालय शिक्षा क्षेत्र व्यवस्थापनका लागि स्थानिय तहको क्षमता विकास सवलीकरण परियोजना अन्तरगत रास्कोट नगरपालिका शिक्षा शाखा स्रोत ब्याक्ति लक्ष्मि प्रशाद बरालको अध्यक्षतामा समावेशी शिक्षा र वैयक्तिक शैक्षिक योजना सम्बन्धी शिक्षक हरुका लागी ४ दिने तालिम रास्कोट नगरपालिकामा सम्पन्न गरिएको छ । ४ दिनसम्म संचालन गरिएको तालिममा भने प्रशिक्षक प्रमे बहादुर बिकले गर्नुभएको थियो । तालिममा सहभागी शिक्षकहरुले समावेशी शिक्षा र वैयक्तिक शिक्षा मैत्रि वातावरण गर्ने प्रतिबद्धता जनाएको स्याक नेपाल शिक्षा अधिकृत धुर्वनाथ योगिले जानकारी दिनुभयो । साथै उहाँले भन्नुभयो वैयक्तिक सिकाइ योजना निर्माण गर्दा अपनाउनु पर्ने केही महत्वपूर्ण विषयक सम्बन्धी तालिमको आयोजना गरि सफलतापूर्वक कार्यक्रम सम्पन्न भएको अधिकृत योगिले बताउनु भयो ।

तपाईको प्रतिक्रिया