कालीकोट : कालीकोट जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । स्थानीय स्रोतको उपभोक्त,स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता ,हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । जिल्लाका ९ वटै स्थानीय तहमा रहेका सम्पूर्ण १६ महिनादेखि २३ महिना उमेर समूहका बालबालिकाको सर्वेक्षण गरी छुटेका बालबालिकालाई पुनः खोप दिएपछि जिल्लालाई पूर्णखोप जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक महतले बताउनु भयो ।
जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीको सभाध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रममा कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्रि तथा प्रतिनिधी सभा सदस्य मननीय महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई , स्वास्थ्य सेवा कार्यालय कालिकोटका प्रमुख भीष्म पोखरेल, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गंगा वोगटी, रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही पोषण,महावै गाउँपालिका अध्यक्ष खेम सिंह, खाँडाचक्र नगरपालिका प्रमुख कमल बहादुर शाही,पचालझरना गाउँपालिका उपाध्यक्ष,अल्किना बम,शुभकालिका गाउँपालिका उपाध्यक्ष धर्मकला शाही, नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज विष्ट,नौं वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख,विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधी,स्वास्थ्यकर्मी,संचारकर्मी विभिन्न सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा व्यवस्थापक डाः भीष्म पोखरेल ले खोपको पहुँच, सेवा प्रभावकारिता र अभिलेख व्यवस्थापन जस्ता मापदण्ड अनुसारका सबै सुचकहरु पूरा गरेर हामिले जिल्लालाई घोषणा गर्न सफल भएको बताए । कार्यक्रममा बोल्दै पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज बिष्टले महेन्द्र बहादुर शाहीले कर्णालि प्रदेश सरकारको मुख्यमन्त्री हुदा सञ्चार माध्यमको क्षेत्र होस पत्रकारको बिमा देखी आमसञ्चार क्षेत्रमा लोकल्याणकारी बिज्ञापन दिएको स्मरण गर्दै उहाले मुख्यमन्त्री महेन्द्र बहादुर शाही हुदा दिएका नागरिकका सेवा हरु अहिलेको सरकार कटौति गर्न नहुने बताउनु भयो ।

त्यस्तै जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै विभिन्न पालिकाका स्वास्थ्य शाखालाई सम्मान गर्नुका साथै जिल्लाभर उत्कृष्ट स्वास्थ्यकर्मीमा विरेन्द्र संज्याल र उत्कृष्ट कर्मचारी भद्र सेजुवाल सहितका कर्मचारीहरुलाई सम्मान गरिएको हो
तिलाप्रेस । २९ असार २०८२, आईतवार ०६:३८