कालिकोट : जिल्लाको पचालझरना गाउँपालिकामा विश्व रक्तचाप दिवस तथा रक्तचाप न्यूनीकरण दिवसू विशेष कार्यक्रमसहित सम्पन्न भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजना तथा स्थानीय स्वास्थ्य संस्था र विद्यालयको सहकार्यमा गरिएको कार्यक्रमले समुदायमा रक्तचाप सम्बन्धी चेतना अभिवृद्धिमा योगदान पु¥याउने स्वास्थ्य शाखा प्रमुख विरेन्द्र संज्यालले बताउनु भयो ।
त्यस्तै कार्यक्रममा स्वास्थ्यकर्मीहरूले रक्तचाप सम्बन्धी जानकारी दिँदै यसको समयमै परीक्षण, नियन्त्रण र जीवनशैलीमा सुधारका उपायहरूबारे सचेतना दिएका थिए। कार्यक्रममा सहभागी सर्वसाधारणको निःशुल्क रक्तचाप मापनसमेत गरिएको थियो ।
कार्यक्रममा शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी, आमा समूह, वृद्धवृद्धा तथा अन्य स्थानीयवासीको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रमले विशेषगरी युवाहरूमाझ उच्च रक्तचाप रोकथामका उपायहरूबारे जानकारी फैलाउने उद्देश्य राखेको थियो।

तिलाप्रेस । २४ असार २०८२, मंगलवार १३:०९