कालिकोटको मान्ममा रैथाने तथा परम्परागत सीप प्रवर्द्धन तालिम सुरु 

कालिकोट : जिल्लाको सदरमुकाम मान्ममा रैथाने तथा परम्परागत सीप प्रवर्द्धन गर्ने उद्देश्यले दुई दिने तालिम सुरु गरिएको छ । सामाजिक विकास कार्यालय कालिकोटको आयोजनामा तालिम असार १९ र २० गतेसम्म सञ्चालन हुनेछ । दुई दिने कार्यक्रमको सभाध्यक्षता सामाजिक विकास कार्यालयका प्रमुख रछाने लोहारले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीकाे उपस्थित रहेको थियो । कार्यक्रममा उपप्रमुख मिना रावत विक, प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई, प्रहरी प्रमुख टेक बहादुर रावत, उद्योग वाणिज्य संघ कालिकोटका अध्यक्ष रतन बहादुर शाही, जिल्ला समन्वय समितिका प्रवक्ता अजय बम, सदस्य सुर्जा फडेरा, वरिष्ठ पत्रकार तुलाराम पाण्डे, रत्न कार्की, वडा अध्यक्ष, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि विभिन्न पालिकाबाट सहभागिहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

त्यस्तै कार्यक्रममा आफ्नो भनाई राख्दै कार्यालय प्रमुख लोहारले स्थानीय स्तरमा लोपोन्मुख सीप र परम्परागत ज्ञानको संरक्षण र प्रवद्र्धनमा टेवा पु¥याउने हेतुले कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । उहाँले भन्नुभयो हाम्रो पुर्खाैली पेशालाई हामिले संरक्षण नगरे कस्ले गर्ने अहिले नगरे कहिले गर्ने भनेर प्रश्न समेत गर्नुभएको छ । त्यसैले हामिले उत्पादन गरेको विभिन्न किसिमका सामाग्रीलाई बजारीकरण गर्नुका साथै आर्थिक भौतिक रुपमा कसरी केन्द्रित हुने भन्ने विषयमा सुझाव समेत दिनुभएको छ ।त्यस्तै प्रमुख अतिथि समन्वय प्रमुख धनजित शाहीले भन्नुभयो लोपोन्मुख सीप र परम्परागत ज्ञानको संरक्षण र प्रवद्र्धन गर्न स्थानीय सरकार,प्रदेश सरकार र संघिय सरकारले दिने सेवासुविधा लिने र आफ्नोे सीप प्रतिको क्षमता,दक्षतालाई देखाएर निरन्तर पेशा प्रति वफादार भए लाग्न समेत आग्रह समेत गर्नुभएको छ । साथै उपप्रमुख मिना रावत विक ले रैथाने पेशालाई पहिलो प्रथामिकतामा राखेर अग्रसर भएर लाग्नुका साथै पूर्खा देखी चलिआएको खलोपर्था लाई अन्त्य गर्नुपर्नेमा जोड् समेत दिनुभयो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई ले पूर्खाहरुको पेशालाई सम्मान गर्दै पूर्खाहरुको सीपमा हाम्रो गुजार चलेको र अहिले आधुनिक तिर ढल्केपनी हामिले पूर्खाेैली पेशालाई प्राथामिकता दिन जरुरी रहेको बताए ।  हामिले कुनै पनी पेशा गर्दा लाजमान्नु पर्ने हिचकीचाउनु पर्ने कुनै कारण नभएको र पेशाप्रति गौरव गरेर अगाडी बढ्नु पर्नेमा जोड् दिनुभयो । सिपबाट जीवनस्तर बढाउनुका साथै परम्परागत ज्ञानको संरक्षण गर्नु राज्यको पनी उत्तीकै महत्वपूर्ण भूमिका हुनुपर्ने बताउनु भयो । कार्यक्रम दुईदिन सम्म संचालन हुनेछ भने कार्यक्रम संचालन गोविन्द्र विश्वकर्माले गर्नुभएको थियो

तपाईको प्रतिक्रिया