कालिकोटका ३ सहित कर्णालीका १० जिल्लाका ३० जना शिक्षक सम्मानित

कालिकोट : कर्णालीका १० जिल्लाका ३० जना शिक्षकलाई कर्णाली प्रदेश सरकारले सम्मान गरेको छ । उत्कृष्ट शिक्षक प्रोत्साहन कार्यक्रम अन्तर्गत शिक्षा विकास निर्देशनालयद्वारा छनौट भएका ३० जना शिक्षकलाई सम्मान गरिएको हो । कालिकोट जिल्लाको सदरमुकामन मान्मका रहेको पन्चदेव माध्यामिक बिद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद कोईराला , रास्कोट नगरपालिकामा रहेका बडिमालिका मावि का शिक्षक कृष्ण प्रसाद बराल र चन्द्रसुर्य आबि हाउडिका प्रधानाध्यापक यसोधरा आचार्य सम्मानित भएकी छन ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

उनिहरूलाई जनही ३५ हजार नगद सहित सम्मान गरिएको हो अघिल्लो आबमा नन्दादेवी माबि कोटबाडाका प्रधानाध्यापक रत्नसिह सावद सम्मानित भएको र यस बर्ष कालिकोटका ३ जनालाई सम्मानका लागी सिफारीस भएको कालिकोट शिक्षा तथा समन्वय ईकाईका पुर्व कार्यालय प्रमुख प्रशासचन्द्र धितालले बताउनु भयो । प्रत्येक जिल्लाबाट माध्यमिक तह एक निम्नमाध्यमिक तह एक प्राथमिक तह एक गरी जम्मा तीन जनाकादरले १० जिल्लाका ३० जना शिक्षकलाई सम्मान गरेको हो । एक जना महिला अनिवार्य समावेश हुने गरी छनौट गर्नुपर्ने मापदण्ड अनुशार जिल्ला स्थित समन्वय ईकाईको सिफारीसमा, उत्कृष्ट शिक्षक छनौट गरि सम्मान गरिएको हो ।

विगत ३ शैक्षिक सत्र (०७९÷ ८० र ८१) मा सिकाई उपलब्धि उल्लेखिय योगदान गरि परिणाम निकाल्न सफल शिक्षक फरक फरक विद्यालयका , पालिका र शिक्षा विकास तथा समन्वय इकाईवाट सिफारिस भएका शिक्षक सम्मानित भएका हुन ।त्यस्तै, ५ वर्ष स्थायी सेवा अवधि भएको, राष्ट्रिय, प्रदेश र स्थानीय तहबाट शिक्षक प्रोत्साहनसँग सम्बन्धित कुनै पनि पुरस्कार तथा प्रोत्साहन प्राप्त नगरेको शिक्षकले स्व–घोषणा गरी विद्यालयको सिफारिसका आधारमा सम्मान गरिएको हो ।खबर कर्णाली बाट साभार

तपाईको प्रतिक्रिया