अनेरास्ववियू कर्णाली प्रदेश कमिटी सचिवमा : सुवेदी चयन

कालिकोट :  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) केन्द्रीय कमिटीको हालै सम्पन्न बैठक सर्कुलरले भानु प्रसाद सुवेदीलाई सचिव पदको महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको छ। त्यस्तै संयाेजकमा उब्जन बुढा सह-संयोजकमा जानुका मल्ल रहेका छन् ।

विगत लामो समयदेखि विद्यार्थी आन्दोलनमा सक्रिय रहँदै आएका सुवेदी संगठनभित्र इमानदार, निष्ठावान र लगनशील नेताका रूपमा परिचित हुनुका साथै नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादी कालिकोट प्रदेश ख का उपसचिव समेत रहेका छन् । सुवेदीले संगठन भित्र अनुशासन, समर्पण र नेतृत्वदक्षताका कारण संगठनभित्र क्रियाशील भएर लाग्नुका साथै संगठन भित्र लाेकप्रियता नेताकाे रुपमा आफ्नो नाम दर्ज गर्न सफल समेत भैसकेका छन्  ।

सुवेदी सचिवमा चयन भएलगत्तै संगठन निर्माण, सदस्य विस्तार र विद्यार्थीका समस्या समाधानका लागि योजनाबद्ध ढंगले अघि बढ्ने उहाँले प्रतिबद्धता जनाएका छन्।

सुवेदीको चयनले कर्णाली प्रदेशमा अनेरास्ववियूको क्रियाशीलता र प्रभावशीलता झनै बढ्ने अपेक्षा गरिएको छ। हाल अनेरास्ववियू कालिकोट जिल्ला कमिटी अध्यक्ष पनि हुनुहुन्छ संगठनमा विभिन्न जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै । सचिव पदमा उहाँको प्रवेशले संगठनलाई नयाँ ऊर्जा दिने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया