कालिकोट अन्तरजिल्ला सुरक्षा समन्वयको बैठक सोमबार नाग्ममा सम्पन्न भएको छ । शान्ति सुरक्षा, अपराध नियन्त्रण, लागूऔषध तथा विपद् व्यवस्थापन सम्बन्धी विविध विषयमा छलफल गर्न कालीकोट र जुम्लाको सिमाना नाग्मामा अन्तरजिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ । कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको अध्यक्षता र जुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको विशेष आतिथ्यतामा बैठक बसेको हो ।
त्यसैगरी सोही दिन मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेको अध्यक्षता र कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको विशेष उपस्थितिमा दुबै जिल्लाको समग्र सुरक्षा अवस्थामाथि समीक्षा तथा छलफल गरिएको बताएको छ । दुबै बैठकमा शान्ति सुरक्षा, अपराध नियन्त्रण, लागूऔषध तथा विपद् व्यवस्थापन,सम्बन्धी सार्वजनिक यातायातको सुरक्षासम्बन्धीका विविध विषयमा एक आपसमा सूचना आदान–प्रदान गरी समन्वयात्मक कार्य गर्नुपर्ने निष्कर्ष निकालिएको सहायक प्रमुख जिल्ला अधिकारी एंव सूचना अधिकारी जनक शर्माले जानकारी दिनुभयो । बैठकमा जिल्ला सुरक्षा समितिका पदाधिकारी सहितको उपस्थिति रहेको समेत बताएको छ ।

तिलाप्रेस । १६ असार २०८२, सोमबार १६:५६