महाबैको उत्कृष्ट एसईई नतिजा ९७.४७ % उत्तीर्ण

कालिकोट : २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा आएको छ।  महावै गाउँपालिकाभरिबाट सहभागी ११९ जना विद्यार्थीमध्ये ११६ जना उत्तीर्ण भएका छन्। महावै गाउँपालिकाको उत्तीर्ण प्रतिशत ९७.४७% पुगेको छ।

यसपटकको नतिजालाई शिक्षा क्षेत्रको सुधार र समर्पणको प्रतिफलको रूपमा लिइएको छ। विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीहरूको संयुक्त प्रयासले नै यस्तो परिणाम सम्भव भएको हो।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

महाबै गाउँपालिकाका अध्यक्ष खेम बहादुर सिंह भिजनले  सम्पूर्ण विद्यार्थी तथा विद्यालय परिवारलाई बधाई दिएका छन्। हामीले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेका छौं। पछिल्ला वर्षमा भएको सुधार र विद्यालयहरूको मेहनतले आजको यो सानदार नतिजा सम्भव भएको हो अध्यक्ष सिंहले भने।

कालिका मावि, गेला: सहभागी ३१ – उत्तीर्ण ३१,त्रिवेणी मावि, डिल्लीकोट: सहभागी १४ – उत्तीर्ण १३,राम मावि, राम्नी: सहभागी १२ – उत्तीर्ण १२,हिमालय मावि, डाँडाखाल: सहभागी १७ – उत्तीर्ण १७,चन्दादेवी मावि, कुणी: सहभागी १५ – उत्तीर्ण १३ तिला मावि, गैराखाडा: सहभागी ३० – उत्तीर्ण ३० शिक्षा शाखाले पनि उत्कृष्ट नतिजाका लागि विद्यालय प्रशासन, शिक्षक र विद्यार्थीहरूको सक्रियता र निरन्तर प्रयासलाई धन्यवाद दिएको छ। गाउँपालिकाले आगामी दिनमा झनै गुणस्तरीय शिक्षा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

तपाईको प्रतिक्रिया